शनि, जेष्ठ ९, २०८३
Sat, May 23, 2026

तीन जिल्लाको फोहोर व्यवस्थापन तथा रिसाइकलिङबारे बागलुङमा छलफल

जेष्ठ ९, २०८३

पर्वत : पर्वत, बागलुङ र म्याग्दी जिल्लाका स्थानीय तहबीच फोहोरमैला व्यवस्थापन तथा रिसाइकलिङ प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले बागलुङमा सरोकारवाला व्यवस्थापक कम्पनीहरूसँग छलफल भएको छ ।
छलफलमा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, बागलुङ नगरपालिका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, बेनी नगरपालिकाका नगरप्रमुख सुरत के.सी तथा जलजला गाउँपालिकाको तर्फबाट वडा नं. ८ नाग्लीवाङका वडाध्यक्ष हरिविकास जि.सी. लगायतको प्रतिनिधित्व रहेको थियो ।
कार्यक्रममा दीगो वातावरण संरक्षण, आधुनिक फोहोर व्यवस्थापन प्रणालीको विकास, फोहोरलाई स्रोतमै वर्गीकरण गर्ने व्यवस्था तथा प्रभावकारी रिसाइकलिङ प्रक्रियालाई संस्थागत गर्ने विषयमा गम्भीर रुपमा छलफल भएको छ जलजला गाउँपालिकाका प्रतिनिधि जि.सीे.ले बताए । छलफलमा सहभागी भएकाहरूले बढ्दो सहरीकरणसँगै फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि अन्तरपालिका सहकार्य आवश्यक रहेको धारणा राखेका छन् ।
छलफलका क्रममा आधुनिक प्रविधिमा आधारित फोहोर प्रशोधन, पुनः प्रयोगयोग्य सामग्रीको व्यवस्थापन, वातावरणमैत्री अभ्यासको प्रवद्र्धन तथा निजी क्षेत्रसँग सहकार्य गर्ने विषयमा समेत विमर्श गरिएको छ । बैठकमा आगामी एक हप्ताभित्र पुनः बैठक बसी ठोस निष्कर्षमा पुग्ने सहमति भएको छ । स्थानीय तहहरूले संयुक्त रूपमा प्रभावकारी फोहोर व्यवस्थापन प्रणाली विकास गरी स्वच्छ र वातावरणमैत्री समाज निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive