बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

धौलागिरिमै पहिलोपटक सूचना प्रविधिको विषयमा पढाउँदै म्याग्दी बहुमुखी क्याम्पस

फाल्गुन ६, २०७८

म्याग्दी ।धौलागिरि क्षेत्रमा नै पहिलोपटक हिमाली जिल्ला म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधिको विषयमा अध्यापन हुने भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत समय सुहाउँदो प्राविधिक शिक्षाको विषयमा अध्ययन तथा अध्यापन गराउन लागिएको हो ।

यसैक्रममा आज (बिहीवार) म्याग्दी जिल्लामा क्रियाशील पत्रकारसँग भेटघाट कार्यक्रमको आयोजना गरी म्याग्दी बहुमुखी क्याम्पसले सञ्चालन गर्न लागेको सूचना, प्रविधि विषयको बारेमा अन्तत्र्रिmया र छलफल गरिएको छ । साविक धौलागिरिमै पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको म्याग्दी क्याम्पसले सूचना तथा प्रविधिको क्षेत्रमा अध्यापन गराउने मौका पाएको हो ।

प्राविधिक शिक्षाका लागि ठूला सहर तथा विदेशमा जाने चलन बढिरहेको समयमा म्याग्दी बहुमुखी क्याम्पसले जिल्लामै स्नातक तहमा कम्प्युटर तथा सूचना, प्रविधि (बिआईसिटीई)को विषयमा अध्ययनको अवसर जुराएको हो । जिल्लाको विभिन्न विद्यालयहरुमा विज्ञान, गणित, कम्प्युटर जस्ता प्राविधिक विषयहरु पढाउने शिक्षकहरुको अभाव भैरहेको बेला म्याग्दी क्याम्पसले एकैपटक दुईवटा विषयको सम्बन्धन प्राप्त गरेको जनाएको छ । बिआईसिटीई र बिएड साइन्स अध्ययन गर्न प्रवेश परीक्षाको लागि आवेदन खुलाइएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो ।

म्याग्दीन्यूज डट कम बाट साभार गरिएको सामग्री

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive