बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

पर्वतको नाग्लीवाङमा २० हजार राशिको हाजिरी जवाफ सम्पन्न

भदौ २०, २०८१

पर्वत : पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङमा आयोजित तीज मेला अन्तर्गत बुधवार विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
जलजला गाउँपालिकाभित्र माध्यमिक तहमा सञ्चालित विद्यालयहरुकाबीचमा आयोजना गरिएको प्रतियोगितामा हाजिरी जवाफ प्रतियोगितामा सम्भवतः जिल्लामा नै उच्च राशिको पुरस्कार राशि राखिएको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा आएकाहरूले पुरस्कार स्वरूप नगद क्रमशः २० हजार रुपैयाँ, १२ हजार रुपैयाँ, पाँच हजार रुपैयाँ र दुई हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको मेलाको आयोजना गरेको एउटा क्लब शालिग्राम युवा क्लबका सहसचिव तथा मेला व्यवस्थापन समितिका सचिव कमल रेग्मीले बताए ।
प्रतियोगितामा नाग्लीवाङकै जनकल्याण माध्यमिक विद्यालय प्रथम, धाईरिङको कृष्ण भवन धर्म माध्यमिक विद्यालय द्वितीय, मल्लाजको ग्राम प्रकाश माध्यमिक विद्यालय तृतीय र वारी बेनीको न्यु होराइजन आवासीय माध्यमिक विद्यालय सान्त्वना स्थानमा आएका छन् ।
महिला दिदी बहिनीहरूको लागि खेलकुद सहितका कार्यक्रम राखेर आयोजना गरिएको मेलामा बिद्यार्थीहरुको लागि पनि कार्यक्रम राखेर आयोजकले उत्कृष्ट काम गरेको जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताए । त्यसमा पनि सामान्य पुरस्कार राखेर आयोजना हुने गरेका हाजिरी जवाफ प्रतिगियोगिताकाबीच २० हजार प्रथम पुरस्कार राखिएको कार्यक्रम सबैका लागि उदाहरणीय रहेको उनको भनाइ छ । शिक्षालाई प्राथमिकतामा राखेर गर्ने हरेक कार्यक्रमहरूप्रति जलजला गाउँपालिका कृतज्ञ रहेको अध्यक्ष आचार्यले बताए ।
शालिग्राम युवा क्लब र जलजला नाग्लीवाङ क्लबको आयोजनामा भदौ १८ गतेदेखि २३ गतेसम्मका लागि तीज मेला आयोजना भइरहेको छ । उक्त मेलामा ५० हजार राशिको फुटबल प्रतियोगिता, ३० हजार राशिको जलजलाका साबिकका बडाहरूबिचको भलिबल प्रतियोगिता, महिला म्युजिकल चियर, छेलो फाल्ने प्रतियोगिता, भाले छुने प्रतियोगिता, मौलिक तीज गीत तथा नृत्य लगायतका कार्यक्रमहरू राखिएका छन् ।
मेलाको उद्घाटन जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य र हाजिरीजवाफ प्रतियोगिताका उद्घाटन शिक्षा शाखाका प्रमुख यज्ञप्रसाद लामिछानेले गरेका थिए । मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर के.सी. (सूर्य) को अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रमको सञ्चालन मेला व्यवस्थापन समितिका सचिव कमल रेग्मीले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive