बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

अब पुरुषका लागि गर्भनिरोधक सुई, एक पटक लगाए १५ वर्ष ढुक्क

असार २५, २०७८

काठमाडाैं– गर्भनिरोधक सुइको कुरा आउँदा हामी महिलाले मात्रै लगाउने भन्ने बुझ्छौं । तर, भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनेको बताएका छन् । भारतको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकहरु पुरुष गर्भनिरोधक सुइ बनाएका छन् ।

जुन सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा हुँदैन । सुई आविष्कारमा संलग्न वैज्ञानिक डा.आर एस शर्माका अनुसार यो सुई एक पटक लगाए १५ वर्षसम्म असर गर्न बताउँछन् । यो सुईको प्रयोग भारतको विभिन्न राज्यमा भइसकेको छ।

दिल्ली, हिमाञ्चल, जम्मू, पञ्जाब र राजस्थानमा यसको परीक्षण गरिसकेको छ । एक पटक संगीनी सुई लगाएर महिलाहरु तीन महिनासम्म ढुक्क भए झैं यो सुइ लगाएपछि पुरुषहरु पनि १५ बर्षसम्म ढुक्क हुन सक्ने छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive