पर्वत : रोट्रयाक्ट क्लब अफ पर्वतको १५ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
कुश्मामा भएको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ पर्वत वर्ष २०२४/२५ का अध्यक्ष गौतम पौडेल र रोट्रयाक्ट क्लब अफ पर्वत वर्ष २०२५/२६ का अध्यक्ष गणेश गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालको प्रमुख आतिथ्य एवं रोट्रयाक्ट क्लब डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका एसीस्टेन्ट डिस्ट्रिक्ट प्रतिनिधि डा. अनुपा वाग्ले र रोट्रयाक्ट क्लब अफ पर्वतका चार्टर अध्यक्ष मोहन आचार्यको विशिष्ट आतिथ्य रहेको थियो ।
यस्तै, रोट्रयाक्ट क्लब डिस्ट्रिक्ट ३२९२ नेपाल भुटान जोन १६ का जेड.आर.आर श्रीनाथ वाग्ले, डिस्ट्रिक्ट रोट्रयाक्ट क्विज चेयर डा. नवीन शाही एवं सौरभ के.सी, रोट्रयाक्ट क्लब अफ पर्वतका पूर्व अध्यक्ष केदारनाथ आचार्य, अच्युत तिवारी, रामचन्द्र पौडेल, मिलन पौडेल, गणेश पौडेल, मिना खड्का, सुजन पौडेल, छिमेकी रोट्रयाक्ट क्लबका अध्यक्ष, पूर्व अध्यक्ष तथा प्रतिनिधिहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो । वर्ष २०२४/२५ का अध्यक्ष गौतम पौडेलले आफ्ना कार्यकालका सम्पूर्ण गतिविधिहरू सहितको वार्षिक प्रतिवेदन पेस गरी आफ्नो कार्यकालमा सहयोग गर्नुभएका बोर्ड तथा क्लबका साथीहरूलाई मायाको चिनो प्रदान गर्नुभयो ।
साथै उहाँले वर्ष २०२५/२६ को कार्यकाल अध्यक्ष गणेश गौतमलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ पर्वतको स्मारिका ‘द रोट्रयाक्ट भोइस’ पनि विमोचन गरिएको छ । रोट्रयाक्ट क्लब अफ पर्वतका लर्निङ फ्यासिलीटेटर गङ्गा शर्मा र राष्ट्रिय बाल शिक्षा सदन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छात्रा प्रयास्था गुरुङले आफ्ना उत्कृष्ट नृत्यहरू प्रस्तुत गर्नुभयो । कार्यक्रमको सञ्चालन क्लबको वर्ष २०२४/२५ का सचिव दिवाकर अधिकारी र वर्ष २०२५÷२६ का सचिव प्रदीप पौडेलले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्त्ब्य वर्ष २०२३/२४ का अध्यक्ष सुजन पौडेलले गर्नुभएको थियो ।




