मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

आन्तरिक उडान खुलेको पहिलो दिनमै ८५ प्रतिशत बुकिङ

असार १७, २०७८

वैशाखदेखि बन्द भएर आज खुलेको आन्तरिक उडानमा सरकारले तोकेको उडान संख्या भरिन थालेका छन्। 

सरकारले पचास प्रतिशत उडान संख्यामात्र खोल्ने निर्णय गरेको थियो। सोहीअनुसार आजदेखि सुरु भएको उडानमा ८० प्रतिशतभन्दा बढी बुकिङ भएको एयरलाइन्सहरुले जानकारी दिएका छन्। 

यसरी बुकिङ बढ्दै गएमा एक/दुई दिनभित्रै तोकिएका उडान भरिने र भाडा बढ्नसक्ने एयरलाइन्सहरुले चेतावनी दिएका छन्।

बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णका अनुसार आज बुद्ध एयरका ३ हजार ८ सय सिटमध्ये ३ हजार ५ सय बुकिङ भएको छ। 

‘यात्रुहरुको उत्साह देखिएको छ। मान्छेमा सुरक्षित यात्रा हुन्छ भन्ने विश्वासले नै हुनुपर्छ अघिल्लो वर्षको लकडाउनपछि खुलेको उडानको तुलनामा यो पटक राम्रो देखिएको छ’ उनले भने। बुद्ध एयरले दिनमा ३१ उडान गर्ने स्वीकृति पाएको छ। 

काठमाडौंबाट जाने भन्दा आउने यात्रुको संख्यामा चाप धेरै देखिएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। दिनमा १० उडानको अनुमति पाएको श्रीको आजको उडानमा ८० प्रतिशत बुकिङ भएको छ। 

न्यूनतम सिलिङभन्दा माथिकै भाडामा पनि ८५ प्रतिशतको बुकिङ आउनु भनेको अबका दिनमा यात्रुको संख्या बढ्ने संकेत देखिएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाको भनाइ छ। 

दिनमा १५ उडानको अनुमति पाएको यतीका कतिपय गन्तव्यमा हिजो नै बुकिङ सकिएको र आज टिकट नै नपाउने अवस्था रहेको उनले जानकारी दिए। 

निरन्तरको वर्षाका कारण सडकको तुलनामा हवाइ यात्रा गर्न रुचाउने भएकाले जहाजको टिकट बुकिङ बढ्नसक्ने व्यवसायीहरुले बताएका छन्। 

कोटो अपुग हुने अवस्था भएपनि सरकारसँग फेरि उडान बढाउनका लागि अनुरोध गरिने यतीका प्रवक्ता बर्तौलाको भनाइ छ। 

‘हामीले सबै सुरक्षाका मापदण्ड पालना गरेरै उडान गरिरहेका छौं।यद्यपी विमानस्थलको उपलब्ध पूर्वाधारको पनि ख्याल गर्दै यात्रुलाई सहज हुनेगरी अनुरोध गर्ने नै छौं’ उनले भने। 

नेपाल नागरिक उड्डयन प्राधिकरले दिनमा ६७ सम्म उडान गर्नेगरी तालिका स्वीकृत गरेको छ। पचास प्रतिशत क्षमतामा उडान सञ्चालन गर्ने निर्णयअनुसार दिइएको यो स्वीकृतिअनुसार प्रत्येक घण्टामा सात आन्तरिक उडान हुने छन्। 

सबैभन्दा बढी उडान बुद्ध एयरका दिनमा ३१ हुनेछन् त्यस्तै यतिका १५ र श्रीका १० उडान हुने छन्। 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive