शुक्रबार, फाल्गुन १८, २०८०
Friday, March 1, 2024
spot_img

मोदीबेणि वृद्धाश्रममा न्यानो कपडा वितरण

पर्वत : रोयल कुश्मा युथ क्लबको आयोजना, ३६५ ब्रोदरहुड टिम मेम्मरको सहयोगमा पर्वतको मोदीबेणि वृद्धाश्रमा रहेकाहरुलाइ न्यानो कपडा वितरण गरिएको छ।

युथ कल्व र ब्रोदरहुड टिम मेम्मरको परोपकारी कार्य अन्तर्गत वृद्धाश्रममा रहेका वृद्धलाई न्यानो कपडा वितरण गरीएको हो । युथ क्लबका अध्यक्ष सबिधान गरीले बृद्दआश्रममा रहेका १२ जना बृद्दबृद्दाहरुलाइ न्यानो कपडा हस्तान्तरण गरे । गिरीले यस कार्यक्रमले थोरै भए पनि दुखमा मल्हम लगाएको बताए। उनले भने, ‘वृद्धवृद्धालाई जाडोबाट बच्नको लागि न्यानो कपडा वितरण गरेका हौं।’ उनले थपे, ‘ चिसो मौसमका कारण वृद्धवृद्धालाई प्रतिकूल असरबाट जोगाउन न्यानो कपडा वितरण गरेका हौं।’सो अबसरमा उनिहरुका लागि केहि नगद समेत सहयोग गरिएको थियो ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive