मङ्लबार, अशोज १, २०८१
Tuesday, September 17, 2024

गुप्तेश्वर क्याम्पसको ३० औँ वार्षिकोत्सव सम्पन्न

पर्वत : पर्वतको कुश्मा स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको ३० औं वार्षिकोत्सब सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रमका अवसरमा छात्रवृत्ति वितरण, विभिन्न संकायका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण, अक्षयकोष वितरण तथा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य नेपाली कांग्रेसका नेता अर्जुन प्रसाद जोशीले क्याम्पस यस क्षेत्रको शैक्षिक धरोहरका रुपमा स्थापित क्याम्पस रहेकाले थप व्यवस्थित र शैक्षिक गुणस्तरमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले क्याम्पसको उन्नतीका लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो । नेता जोशीले आफुले क्याम्पसको उन्नतीका लागि विगत देखि अहिलेसम्म सक्दो सद्भाव राख्दै आएको स्मरण गर्दै अहिले स्नातकोत्तर सम्मको पढाई सञ्चालन भएकोमा खुशी व्यक्त गर्नुभयो । शैक्षिक अवस्थाको सुधार संगै समाजको पनि विकास हुने जोशीले बताउनुभयो ।
कार्यक्रममा पुर्व सांसद नेपाली कांग्रेसका पुर्व मुख्य सचिव ऋषिकेश तिवारीले शिक्षा नै समाज राष्ट्रको विकासको मुख्य मेरुदण्ड रहेकाले समय सुहाउँदो र जिवन उपयोगी शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिती पर्वतका प्रमुख विष्णुराम विश्वकर्मा, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी,नेपाली काँग्रेसका जिल्ला उपसभापति चुडामणी शर्मा, नेकपा एमालेका जिल्ला सचिव गोबिन्द पहाडी, नेकपा माओबादीका नेता शंकर गिरी, क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष सुन्दरप्रसाद जोशी, नारायण माध्यमिक विद्यालयका व्यवस्थापन समिती अध्यक्ष वसन्तबहादुर सिके, क्याम्पस प्राध्यापक संघ इकाइ सभापति तोयानाथ उपाध्याय, कुश्मा वारिवर क्लबका अध्यक्ष मनोज पुरी, नेपाल विद्यार्थी संघ गुप्तेश्वर क्याम्पसका इकाइ सभापति सरु केशी, अनेरास्ववियु इकाई अध्यक्ष जोसोना कुँवर लगायतले बोलेका थिए ।
क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष बसन्तकुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संचालन प्राध्यापक ओमकार गिरी र स्वागत तथा क्याम्पसको प्रगति प्रतिबेदन क्याम्पस प्रमुख सुवास पन्तले प्रस्तुत गर्नुभएको थियो ।
उक्त अवसरमा क्याम्पसले स्नातकोत्तर तह सञ्चालनमा ५ लाख सहयोग गर्ने महेशकुमार श्रेष्ठ, १ लाख सयहोग गर्ने कमलनाथ पोखरेल, १ लाख सहयोग गर्ने क्याम्पसका अध्यक्ष बसन्तकुमार कर्माचार्य ५० हजार सहयोग गर्ने समाजसेवी लोकनाथ आचार्य र १ लाख सहयोग गर्ने क्याम्पस सञ्चालक समिति सदस्य राजनकुमार जोशी लाई सम्मान गरिएको छ ।
यस्तै पूर्व सहायक क्याम्पस प्रमुख यदुप्रसाद पौडेल, कर्मचारी रामहरी शर्मालाई सम्मान सहित बिदाई गरिएको थियो । क्याम्पसका उत्कृष्ठ अंक ल्याउने र संकाय उत्कृष्ठ हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । उक्त अवसरमा स्नाकोत्तर तहका पहिलो ब्याचका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो भने विभिन्न तहमा पढ्ने विद्यार्थीहरुलाई छात्रबृति वितरण गरिएको छ । रुकमाया जोशी स्मृती छात्रबृति संरक्षक काशीकुमार जोशी, पदमलाल स्मृति कोष अशोककुमार कमाचार्य र रामकृष्ण कर्माचार्य र विकास स्मृति कोषको छात्रबृति संरक्षकबाट वितरण गरिएको थियो ।
क्याम्पसको स्तरउन्नती, भौतिक, शैक्षिक विकासका लागि सहयोग अभियान सञ्चालन गर्ने निर्णय भएको क्याम्पस प्रमुख सुभास पन्तले जानकारी दिनुभयो । उहाँले सहयोगदाताहरुलाई विगतमा पनि अनुरोध गरिएको र भविष्यमा पनि अभियान जारी राख्ने निर्णय भएको जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरुले गुप्तेश्वर क्याम्पसले उत्कृष्ठ कार्य गर्दै आएको भन्दै क्याम्पसका अभियानलाई निरन्तर साथ र सहयोग गर्ने बताउनुभएको थियो ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive