बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

किसान महासङ्घद्वारा बिरामीलाई फलफूल वितरण

पर्वत : सोमबार मनाइएको कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर पर्वत अस्पतालका बिरामीहरूलाई नेपाल किसान महासङ्घ पर्वतले फलफूल वितरण गरेको छ ।
अस्पतालमा भर्ना भएका तथा आकस्मिक कक्षमा उपचाररत बिरामीहरूको स्वास्थ्य लाभको कामना सहित २२ जना बिरामीहरूलाई फलफूल सहित ओढ्ने च्यादर वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस पर्वतका उपसभापति शिव प्रसाद सुवेदीले नेपाल किसान महासङ्घको कार्यक्रम सह्रानीय भएको भन्दै यसको अनुकरण गर्न र सकारात्मक समाजोपयोगी काम गर्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरे । उपसभापति सुवेदीले पर्वत अस्पतालप्रति पछिल्लो समयमा बढ्दै गइरहेको विश्वास र प्रगतिप्रति खुसी व्यक्त आगामी दिनमा थप सफलताको कामना गरे ।
यस्तै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले फलफूल तथा कपडा वितरण कार्यक्रम परिमाणात्मक भन्दा गुणात्मक र सकारात्मक सन्देशमूलक भएको बताए । पर्वत अस्पतालका सुधारका कामहरूमा आफ्नो तर्फबाट सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले आफ्नो कार्यकालमा अस्पतालका हरेक क्षेत्रमा उल्लेखनीय सुधार भएको र अझै धेरै कामहरू गर्न बाँकी रहेको बताएका छन् । अस्पताललाई सुविधा सम्पन्न गराएर पर्वत सहित आसपासका क्षेत्र नागरिकको समेत आकर्षणको केन्द्र बनाउन आफूहरू प्रयासरत रहेको भन्दै उनले किसान महासङ्घले बिरामीहरूप्रति देखाएको व्यवहार र सम्मानमा सन्तुष्टि मिलेको उल्लेख गरेका छन् ।
कार्यक्रममा जलजला गाउँपालिकाका प्रमुख राजु प्रसाद आचार्य, नेपाली काँग्रेस पर्वतका सदस्य देवी प्रसाद बिलासी, कुश्मा नगरपालिका–९ का वडाध्यक्ष राम शर्मा लामिछाने, निवर्तमान वडाध्यक्ष कृष्ण प्रसाद लामिछाने, नेपाली काँग्रेस फलेवास नगरपालिका–४ मुडिकुवाका कार्यवाहक सभापति युवनाथ शर्मा गौडेल, नेपाल किसान महासङ्घ पर्वतका सचिव हेमप्रसाद अधिकारी, सदस्य सिता रिजाल लगायतको सहभागिता रहेको थियो ।
नेपाली काँग्रेस पर्वत प्रदेश सभा ‘ख’ का उपसभापति लक्ष्मी कुमारी शर्मा गौडलेले गरेकी थिइन भने कार्यक्रमको सञ्चालन नेपाल किसान महासङ्घ फलेवास नगरपालिकाका सचिव रामकृष्ण रेग्मीले गरेका थिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive