बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025

राष्ट्रिय बालमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

मंसिर २, २०८१

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको राष्ट्रिय बाल शिक्षा सदनमा अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयमा रहेका चार वटा सदनहरु अन्तर्गतका प्रत्येक सदनबाट दुई वटाका दरले आठ वटा समूहहरुबीच प्रतिस्पर्धा भएको थियो । जसमा ‘ग्रीन बी’ प्रथम, ‘रेड बी’ द्धितीय, ‘एलो बी’ तृतिय र ‘एलो ए’ सान्त्वना स्थानमा आएका छन् । बिजेता बिद्यार्थीहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामग्रीहरु वितरण गरिएको विद्यालयका प्रिन्सिपल प्रकाश आचार्यले बताए ।
झण्डै पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयले बिद्यार्थीहरुमा रचनात्मक क्षमताको विकास गर्न अतिरिक्त क्रियाकलाप अन्तर्गत बिभिन्न कार्यक्रमहरु आयोजना हुने गरेको उनको भनाई छ । विद्यार्थीको सर्वाङ्गीण विकास, आत्मविश्वास र नेतृत्व विकास, सामाजिक सम्बन्ध र टीमवर्कको विकास गर्न, तनाव कम गर्न, रोजगारी र भविष्य निर्माणमा सहयोग गर्न तथा नियमितता र समय व्यवस्थापन गर्ने लगायतका कामका लागि यस्ता क्रियाकलापहरु महत्वपूर्ण हुने प्रिन्सिपल आचार्यको भनाई छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive