बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पर्वतका चार लायन्स क्लबद्वारा गुप्तेश्वर परिसरमा सरसफाइ

मंसिर १३, २०८१
पर्वत : लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘आई’ अन्तर्गत पर्वतमा सक्रिय रहेका चार वटा क्लबहरूले गुप्तेश्वर गुफा परिसरमा सरसफाइ गरेका छन् ।
नजिकिँदै गरेको बाला चतुर्दशीको सन्दर्भ पारेर लायन्स क्लब अफ पर्वत गुप्तेश्वर, लायन्स क्लब अफ पर्वत  भुमेकोट, लायन्स क्लब अफ पर्वत गुप्तेश्वर मोदी र लायन्स क्लब अफ पर्वत सारथिको आयोजनामा सरसफाइ गरिएको हो । धन राज बि पौडेलको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रमको प्रमुख अतिथि डासीराम अधिकारी रहेका थिए भने कार्यक्रमको सञ्चालन गणेश पौडेलले गरेका थिए ।
यही मङ्सिरको २८ र २९ गते पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना हुन लागेको लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘आई’ नेपालको तेस्रो क्याबिनेट बैठकको सन्दर्भमा डिस्ट्रिक्ट ३२५ ‘आई’ अन्तर्गतका क्लबहरूले यति बेला सक्रियता बढाइरहेका छन् । साहसिक पर्यटनका रूपमा चिनिएको पर्वत जिल्लामा जम्मा हुने ‘लायन्स’ हरूलाई यहाँको पर्यटकीय अवलोकनको मज्जा दिन तथा पर्वत र आसपासको क्षेत्रको व्यापार व्यवसाय तथा आर्थिक अवस्थालाई पनि चलायमान बनाउनको लागि तेस्रो क्याबिनेट बैठक पर्वतमा गर्न लागिएको हो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive