शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

मातृभूमि सेवा यात्राको १३ औं श्रृंखला सम्पन्न

फाल्गुन २४, २०८१

काठमाडौं : “नेपालीका लागि नेपाली ” भन्ने मूलमन्त्रका साथ स्थापित परदेशमा बस्ने नेपालीहरूको साझा तथा परोपकारी संस्था गैर आवासीय नेपाली संघ संगको सहकार्यमा देउराली फाउण्डेशनले आफ्नो मातृभूमि सेवा यात्राको १३ औं श्रृंखला सम्पन्न गरेको छ ।

फागुन २४ गते  अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा देउराली फाउन्डेसनले गरीब तथा जेहेन्दार स्कूले छोरीहरुलाइ शैक्षिक सामग्री वितरण गरेको हो । फाउण्डेसनको केन्द्रिय कार्यालय पुल्चोक ललितपुरमामा आयोजित कार्यक्रममा  सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार छोरीहरूलाइ कापी कलम लगायतका स्टेसनरी सामग्री वितरण गरिएको थियो । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रम गैर आवासीय नेपाली संघ सँगको सहकार्य स्थानीय संस्था देउराली फाउण्डेसन संगको सहयोगमा गरिएको हो ।

देउराली फाउण्डेसनका अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माननीय बिनोद पहाडी , बिद्यालयका प्रधानाध्यापक परशुराम बरालले आआफ्नो मन्तब्य राख्नु भएको थियो । परदेशमा रहेर पनि आफ्नो मातृभूमिको निम्ति केही न केही सहयोग गर्नुपर्छ भन्ने महान सोचका धनी, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११ औं महाधिवेशनबाट निर्वाचित कमिटीका अध्यक्ष डा बद्रि केसी ज्युको बिशेष पहलमा मातृभूमि सेवा यात्रा श्रृंखला १३ औं सम्पन्न भएको हो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive