बुध, फाल्गुन २७, २०८२
Wed, March 11, 2026

महाशिलामा लागू औषध दुव्र्यसनबारे सचेतनामूलक कार्यक्रम सम्पन्न

जेष्ठ ३०, २०८२

पर्वत : पर्वतको महाशिला गाउँपालिका–५ मा लागू औषध दुव्र्यसन न्युनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय पर्वतको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसाल प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले गर्नुभएको थियो । गाउँपालिकाकी उपाध्यक्ष धनसुवा विक, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्ट, प्रदेश अस्पताल कुश्माका मेडिकल सुपरीटेन्डेन्ट डा. हेमन्त बस्तोलासहित स्थानीय जनप्रतिनिधि, भद्र भलादमी तथा महेन्द्र ज्योती मावि लुंखुका शिक्षक र विद्यार्थीहरूकोसहभागिता र हेको थियो ।
कार्यक्रममा डा. बस्तोलाले लागू औषधको परिचय, प्रकार, वर्तमान अवस्था तथा त्यसको नियन्त्रणमा सरोकारवाला निकायहरूको भूमिकाबारे प्रशिक्षण दिनुभयो । त्यस्तै, प्रहरी नायव उपरीक्षक रविन विष्टले लागू औषधसम्बन्धी कानूनी प्रावधानहरूमाथि विस्तृत रूपमा जानकारी दिनुभएको थियो । सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थी तथा युवाहरूलाई लागू औषध दुव्र्यसनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive