शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

पर्वतमा भएको बास्केटबलको बिजेता बन्यो बाँसखर्कको टोली

अशोज २७, २०७९

पर्वत : पर्वतमा आयोजना गरिएको बास्केटबल प्रतियोगिताको बिजेता पर्वतकै बाँसखर्कको टोली बनेको छ।
जिल्ला बास्केटबल संघ पर्वतको आयोजनामा पर्वत जिल्ला बाहिरका समूह सहित १६ टीमबिच भएको प्रतिस्पर्धाको फाईनलमा बाँसखर्कको समूहले पातलखर्कको टोलीलाई पराजित गरेको हो। फाइनलमा पराजित भएसँगै पातलखर्कको टोली प्रतियोगिताको उपबिजेता बनेको छ।
यस्तै तेस्रो स्थानको लागि बनौँ र ओख्रेनीको टोलीबिच प्रतिस्पर्धा भएको थियो। जसमा बनौँको टोलीले ओख्रेनीको टोलीलाई पराजित गरेको छ। ओख्रेनीको टोलीले भने सान्त्वना स्थानमै चित्त बुझाउनु परेको छ।
बास्केटबल संघ पर्वतका अध्यक्ष मिलन पाइजाका अनुसार प्रतियोगितामा बिजेता बनेको बाँसखर्कको टोलीले नगद ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ। यस्तै दोस्रो बनेको पातलखर्कको टोलीले नगद ३५ हजार सहित शिल्ड, मेडल र प्रमाण, तेस्रो बनेको बनौँको टोलीले नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा सान्त्वना बनेको ओख्रेनीको टोलीले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
विजयादशमी तथा दीपावली–२०७९ को अवसर पारेर पुन क्लबको मैदानमा प्रतियोगिता सुरु गरिएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive