बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

चोटका कारण सेरेनाले त्यागिन् विम्बल्डन

असार १७, २०७८

सात पटककी विजेता सेरेना विलियम्सले चोटका कारण विम्बल्डनको दोस्रो चरणबाट नाम फिर्ता लिएकी छन्। मंगलबार प्रतियोगिताको पहिलो खेलमा चोटिल हुन पुगेपछि उनले प्रतियोगिताबाट बाहिरिने निर्णय गरेकी हुन्।

लियाक्सान्ड्रा सैसनोविच विरुद्धको खेलमा खुट्टामा चोट लाग्न पुगेको थियो। उनले त्यसपछि मेडिकल टाइमआउट लिएकी थिइन्। त्यसपछि पुन क्रिजमा देखिने क्रममा उनी भावुक भएकी थिइन्। खेल्ने प्रयास गरे पनि नसकेपछि उनी कोर्टबाट बाहिरिएकी थिइन्। उनी बाहिरिँदा उपस्थित दर्शकले उठेर उनको सम्मान गरेका थिए।

सेरेनाले पछिल्लो पटक २०१६ मा विम्बल्डनको उपाधि जितेकी थिइन्। यद्धपि २०१८ र २०१९ मा लगातार उपविजेता बनिन्। गत संस्करण कोरोनाका कारण खेल नभएपछि उनले यो पटक उपाधि जित्ने विश्वास गरिएको थियो। तर, उनले चोटका कारण प्रतियोगिता गुमाउन पुगिन्।

यसअघि नै सेरेनाले टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेकी छन्। उनले अमेरिकाका लागि ४ गोल्ड मेडल जितेकी थिइन्। २०१२ मा उनले सिंग्ल्स र डब्लसमा गोल्ड मेडल जितेकी थिइन्। २००० मा सिड्नी तथा २००८ मा  बेइजिङ ओलम्पिकमा डब्लसतर्फ गोल्ड जित्न सफल भएकी थिइन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive